बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड (तस्बिरहरू)
फोटो फिचर

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड (तस्बिरहरू)

शनिबार, ३१ साउन २०८२

काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मदिनको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ । 

विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । 

चार रात मध्ये आजको रातलाई मोहरात्रि भनिन्छ । आध्यात्मिक रूपमा अज्ञान, अंहकार र लोभलाई हटाई धर्म, ज्ञान र प्रेमको स्थापना भएको रातको रूपमा बुझिन्छ ।

patan (2)

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृति स्वरूप आजको दिन यो पर्व मनाउने गरिएको हो ।

patan (3)

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथिका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो ।

shrekrishna astami patan (3)

श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ ।

patan (3)

आजको दिन गोकुल, मथुरा, वृन्दावन, द्वारका आदि स्थानमा विशेष महोत्सव गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ । 

patan (5)patan (6)patan (7)

shrekrishna astami patan (5)shrekrishna astami patan (6)shrekrishna astami patan (7)shrekrishna astami patan (8)shrekrishna astami patan (9)shrekrishna astami patan (10)shrekrishna astami patan (12)shrekrishna astami patan (13)shrekrishna astami patan (14)shrekrishna astami patan (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया