‘ह्याङओभर’ उतार्न चप्पल लगाएर दौड प्रतियोगितामा सहभागी, भाइरल भएपछि बदलियो जीवन
सारांश
- ब्राजिलका एक बेघर युवक, इसाके दोस सान्तोस पिन्होले चप्पल लगाएर ८ किलोमिटर दौडमा भाग लिए।
- भिडियो भाइरल भएपछि उनले खेलकुदका लुगा, जुत्ता र प्रशिक्षणको निम्तो पाए, र जीवन परिवर्तन गर्ने संकल्प लिए।
- उनले मदिरा त्यागेर सुरक्षित बसोबासको व्यवस्था मिलाएका छन् र भविष्यमा घर बनाउने लक्ष्य राखेका छन्।
ब्राजिल । चप्पल लगाएर ८ किलोमिटर दौड प्रतियोगितामा भाग लिएका एक बेघर ब्राजिली युवकको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको जीवन नै परिवर्तनको मोडमा पुगेको छ।
३१ वर्षीय इसाके दोस सान्तोस पिन्होले जुलाई २७ मा आफ्नो गृहनगर गार्राफाओ दो नोर्टेमा आयोजित दौडमा नामै नदिई सहभागी भएका थिए। उनले मदिरा सेवन गरेका थिए र मानिसको भीड देखेपछि ‘ह्याङओभर’ कम गर्न दौडने निर्णय गरेका थिए। जुत्ताको सट्टा चप्पलमा दौडिएका उनको भिडियो ड्रोनमार्फत खिचिएको थियो, जुन इन्टरनेटमा भाइरल भयो।
दौड नजिते पनि उनले ८ किमी पूरा गरेर पदक समेत पाए। प्रतियोगितामा दर्ता नगरे पनि आयोजकहरूले उनलाई सम्मानपूर्वक पदक प्रदान गरे।
अहिले इसाके ‘इसाके द रनर’ को रूपमा ब्राजिलभर चर्चित बनेका छन्। कठोर बाल्यकाल र मदिरासँगको लतका कारण उनी गार्राफाओ दो नोर्टेमा बेघर जीवन बिताइरहेका थिए। तर यो घटनापछि उनी जीवन परिवर्तनको संकल्पमा छन्।
भिडियो पोस्ट गर्ने एस्टेला लारिज्जिएरीको सहयोगमा उनले अनलाइन प्रोफाइल बनाएपछि विभिन्न ठाउँबाट खेलकुदका लुगा, रनिङ जुत्ता, चस्मा र व्यावसाियक धावकसँग प्रशिक्षणका निम्तोहरू प्राप्त हुन थाले। गार्राफाओ दो नोर्टे नगरपालिका पनि उनलाई आगामी दौडमा सहभागी गराउने योजना बनाइरहेको छ।
नगरपालिकाले आफ्नो वेबसाइटमा लेखेको छ, ‘गत हप्ताको ८ किमी दौडपछि इसाकेले सम्पूर्ण ब्राजिललाई प्रभावित पारेका छन्। अहिले उनी सहरको सडकमा नियमित प्रशिक्षण गर्दै छन्। हामी उनको कथाबाट खुसी छौँ र यो क्षण उनको जीवनको नयाँ र सुन्दर अध्यायको सुरुवात होस् भन्ने चाहन्छौँ।’
एस्टेला र उनका सहयोगीहरूले इसाकेलाई सडकबाट उतारी सुरक्षित बसोबासको व्यवस्था गरिसकेका छन् र भविष्यमा उनको आफ्नै घर बनाउन लक्ष्य राखेका छन्।
‘मैले त्यो दौडपछि मदिरा छोडेँ। मैले आफ्नो जीवन बदलेँ र अझ बदल्न चाहन्छु। म धेरै सल्लाह पाइरहेको छु र कहिल्यै हार मान्ने छैन,’ इसाकेले ब्राजिली मिडियासँग उत्साहपूर्वक भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण