सुस्ता गाउँपालिकामा शीतभण्डार प्रयोगविहीन
शनिबार, ३१ साउन २०८२, १२ : ०३
सारांश
- नवलपरासीको सुस्ता गाउँपालिकामा ५ करोड खर्चेर शीतभण्डार निर्माण गरिए पनि प्रयोगमा आउन सकेको छैन।
- शीतभण्डारमा आलु, प्याज लगायतका कृषि उपज राख्ने योजना रहेपनि हाल पूर्ण क्षमतामा उपयोग हुन सकेको छैन।
- वडाध्यक्षका अनुसार केही किसान तथा व्यापारीका फलफूल भने शीतभण्डारमा राखिएको छ।
नवलपरासी । सुस्ता गाउँपालिका–४ मा रु पाँच करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन छ । लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो ।
सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले हाल शीतभण्डार पूर्ण क्षमतामा उपयोग नभएको बताए ।
केही किसान र व्यापारीका फलफूल शीतभण्डारमा राखिएको जानकारी उनले दिए । चारवर्षअघि निर्मित यो शीतभण्डारमा बाह्रैमहिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण