भक्तपुर — श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा यस वर्ष पनि परम्परागत नारायण दीप यात्रा (मतया पर्व) भव्य रूपमा सम्पन्न गरिएको छ।
_wI4UvLOjLS.jpg)
भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको यात्रामा बालबालिकादेखि युवासम्मले हात र टाउकोमा बत्ती राखी, खाली खुट्टा नगर परिक्रमा गरेका थिए। जनविश्वासअनुसार यस पर्वले मानिसभित्रका नकारात्मक प्रवृत्तिको अन्त्य गरी समाजमा शान्ति फैलाउने विश्वास गरिन्छ।
_G1C00bH6ke.jpg)
दीप यात्रासँगै घिनताङ घिसी, माक प्याखं लगायतका परम्परागत नाच–नृत्य पनि प्रस्तुत गरिएको थियो। भक्तपुरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका अवसरमा यो यात्रा निकाल्ने परम्परा रहिआएको छ।
_EJj8jKVQpQ.jpg)
_NrCTGfRoVH.jpg)
_WVhO4Rn4Od.jpg)
_njyifMkNTc.jpg)
_1s7j5icknz.jpg)
_a0BfCuM8GB.jpg)
_77t3Uu5CAR.jpg)
_F2QXPOGucY.jpg)
_o9lAksqovK.jpg)
_b4yJWKvBRh.jpg)
_j2BKFDn02h.jpg)
_19eI5nQEka.jpg)
_Vv5PyfHYdr.jpg)
_UbOzarY2B9.jpg)
_fr8Jk7yAvJ.jpg)
_3s4tabS1xr.jpg)
_6LGGfB76l0.jpg)
_KPtkmERTwA.jpg)
प्रतिक्रिया