अपडेट
रवि लामिछानेलाई काठमाडौँ लैजाने जहाज डिले
शनिबार, ३१ साउन २०८२, १६ : १२
सारांश
- रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं लैजाने जहाज डिले भएको छ।
- प्रहरीले ३:१० बजे बुद्ध एयरबाट लैजाने तयारी गरे पनि जहाज ढिलो हुँदा समस्या भएको हो।
- सहकारी ठगी प्रकरणमा लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा थिए।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर काठमाडौँ लैजाने जहाज डिले भएको छ। लामिछानेलाई प्रहरीले बुद्ध एयरबाट ३ ः१० बजे लैजाने तयारी गरेको थियो । तर जहाज डिले भएपछि ३:५० सम्म रविलाई विमानस्थल पुर्याइएको छैन ।
रविलाई लैजाने भनिएको बुद्ध एयरका विमान अझै नउडेको गौतमबुद्व विमानस्थल श्रोतले जनाएको छ ।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । अदालतले अनुमति दिए पनि गृह प्रशासनले उनलाई रोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण