अन्तरकलेज बास्केटबलमा सीसीआरसी र प्रिमियरको जित
काठमाडौँ । ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शनिबार सीसीआरसी र प्रिमियरले जित हासिल गरेका छन् ।
यसका साथै जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेज पनि आ-आफ्नो खेलमा विजयी भएका छन् ।
पहिलो खेलमा सीसीआरसीले पुष्पसदनलाई ६३–३२ को फराकिलो अन्तरले हराएको हो । सीसीआरसीका खेलाडी सुरेश मगरले १४ अङ्क जोडे । पहिलो क्वाटरदेखि नै १६–१० को अग्रता लिएको सीसीआरसीले क्रमशः १५–११, १७–९, र १५–२ स्कोर गर्दै जित सुनिश्चित गरेको थियो । यो समूह चरणमा दुवै टिमको पहिलो खेल थियो ।
प्रिमियरले बर्नहार्टलाई ५२–२३ ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ । प्रिमियरका प्रथमले १३ अङ्क बनाए । प्रिमियरले सुरुका तीन क्वाटरमा २५–८, ७–१, र १२–२ को अग्रता बनाएर जितको आधार खडा गरेको थियो। यद्यपि अन्तिम क्वाटरमा भने प्रिमियर ८–१२ ले पछि परेको थियो ।
जेभियर इन्टरनेसनल कलेजले मल्पीमाथि ७५–४१ को सानदार जित हासिल गरेको छ। जेभियरका आशिषले उत्कृष्ट प्रदर्शन गर्दै २४ अङ्क बटुले। तेस्रो क्वाटर १६–१६ को बराबरीमा सकिए पनि, अन्य क्वाटरमा जेभियरले २६–६, ११–२, र २२–१७ को प्रदर्शन गर्दै जित हात पारेको हो । जेभियरको यो लगातार दोस्रो जित हो ।
टाइम्स इन्टरनेसनल कलेजले ८८गोल्डेनगेट इन्टरनेसनल कलेज ‘बी’८८लाई ३३–२२ ले पराजित गरेर प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ । टाइम्सका भिजनले १८ अङ्क जोडे। टाइम्सले खेलको सुरुदेखि नै ८–३, ७–३, र १२–४ को स्कोर गरेर अग्रता बनाएको थियो, तर अन्तिम क्वाटरमा ६–१२ ले पछि परेको थियो। गोल्डेनगेट ुबीु को यो लगातार दोस्रो हार हो ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलमा भइरहेको यो प्रतियोगिताको व्यवस्थापन रोयल स्पोर्ट्स सेन्ट्रलले गरेको छ भने चोकोफलले सहयोग गरेको छ । प्रतियोगिताको तेस्रो दिन आइतबार पाँच खेल हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण