अपडेट
तुइनखोलामा फेरि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध
आइतबार, ०१ भदौ २०८२, १० : ३६
सारांश
- चितवनको इच्छाकामना गाउँपालिकामा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ।
- सडकमा ठुला ढुंगा खसेका कारण दुईतर्फी यातायात बन्द गरिएको छ।
- प्रहरीले जुगेडी र मुग्लिनमा सवारी साधन रोकेको छ र जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ।
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुनइखोलामा फेरि पहिरो खसेको छ । सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
सडकमा ठुला ढुंगा खसेका छन् । सडक विभागसँगको समन्वयमा दुईवटा जेसिबीको सहायताले अवरोध पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
ट्राफिक प्रहरीले काठमाडौँतर्फ आउने सवारीलाई जुगेडी र नारायणगढ तर्फ जाने सवारीलाई मुग्लिन बजारमा रोकेको छ । जोखिमपूर्ण भाग क्लियर गरेर मात्र सवारी सुचारु गरिने एसपी सुवेदीले जानकारी दिए ।
आज बिहान ८ बजे पहिरो पन्छाएर सडक खुलाए पनि पुनः पहिरो खस्दा अवरुद्ध भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण