शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टप एण्ड टी–ट्वान्टी सिरिजः बङ्गलादेशले पर्थ स्कोर्चर्ससँग खेल्दै

आइतबार, ०१ भदौ २०८२, ११ : ५०
आइतबार, ०१ भदौ २०८२

सारांश

  • टप एण्ड टी-ट्वान्टी सिरिजमा बंगलादेशको 'ए' टोली र पर्थ स्कोर्चर्स एकेडेमीबीच प्रतिस्पर्धा हुँदैछ।
  • खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा डर्विनमा सुरु हुनेछ, जहाँ दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्।
  • पहिलो खेलमा पराजित बंगलादेशले दोस्रो खेलमा नेपाललाई हराएको थियो भने पर्थ स्कोर्चर्स एकेडेमीले पनि जित निकालेको थियो।

काठमाडौँ । टप एण्ड टी–ट्वान्टी सिरिज अन्तर्गत आज (आइतबार) बङ्गलादेशको ‘ए’ टोलीले पर्थ स्कोर्चर्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ । 

डर्विनमा हुने दुई टोलीबिचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा बङ्गलादेश लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । 

पहिलो खेलमा बङ्गलादेश पाकिस्तानको ‘ए’ टिमसँग ७९ रनले पराजित भएको बङ्गलादेशले दोस्रो खेलमा नेपाललाई ३२ रनले हराएको थियो । 

यता पर्थ स्कोर्चर्स एकेडेमी पहिलो खेलमा किङ्स मेन्ससँग पराजित भएपनि दोस्रो खेलमा भने पाकिस्तान ‘ए’ टिममाथि जित निकालेको थियो । 

त्यसैले आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप