जम्मू कश्मीरको कठुआमा ‘क्लाउड ब्रष्ट’, चार जनाको मृत्यु
सारांश
- जम्मू कश्मीरको कठुआ जिल्लाको दुर्गम गाउँमा क्लाउड ब्रष्ट हुँदा चार जनाको मृत्यु भएको छ।
- यस घटनामा अरू ६ जना घाइते भएका छन् र चार घर पुरिएका थिए, जसमा ८० प्रतिशत सडक बगाएको छ।
- प्रहरी र एसडीआरएफको संयुक्त टोलीले स्थानीय स्वयंसेवकहरूसँग मिलेर उद्धार कार्य जारी राखेका छन्।
नयाँ दिल्ली । जम्मू कश्मीरको कठुआ जिल्लाको एक दुर्गम गाउँमा क्लाउड ब्रष्ट हुँदा चार जनाको मृत्यु भएको छ । यस घटनामा अरू ६ जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।
जानकारी अनुसार, कठुआको सोफेनमा गुज्जरहरूको बस्ती भएको गाउँमा पहिरो गएको छ । यसमा परेर चार घर पुरिएका थिए । ८० प्रतिशत सडक बगाएको छ । यो घटना राति २ देखि ३ बजेतिर भएको हो । कठुआमा नयाँ कीर्तिमान बन्ने गरी वर्षा भइरहेको छ ।
शनिबार र आइतबार राति राजबागको जोडघाटी गाउँमा क्लाउड ब्रष्ट हुँदा गाउँ जाने बाटो अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् । कठोर परिश्रमपछि प्रहरी र राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को संयुक्त टोली घटनास्थलमा पुगेर स्थानीय स्वयंसेवकहरूसँग मिलेर काम सुरु गरेका थिए ।
घटनास्थलबाट अहिलेसम्म चार जनाको शव निकालिएको छ भने अन्य ६ जनालाई घाइते अवस्थामा उद्धार गरेर अस्पताल लगिएको छ । कठुआ प्रहरी चौकी क्षेत्रको बगर र चांग्दा गाउँ र लखनपुर प्रहरी चौकी क्षेत्रको दिलवान–हुतलीमा पनि पहिरो गएको तर कुनै ठुलो क्षतिको खबर नआएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण