‘किस्ट ह्याकफेस्ट २०२५’ सम्पन्न
काठमाडौँ । किस्ट कलेजद्वारा आयोजित तीन दिन लामो प्रविधि महोत्सव ‘किस्ट ह्याकफेस्ट २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ। बीआईटी, बीआईटीएम र प्लस २ तहका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न यस कार्यक्रममा सिर्जनात्मकता, प्रविधि र नवप्रवर्तनलाई विशेष स्थान दिइएको थियो।
पहिलो दिन उद्घाटन समारोहसँगै ह्याकाथन सुरु गरिएको थियो। सहभागी टोलीहरूले आफ्ना नयाँ र रोचक प्रविधिमूलक विचारलाई कार्यान्वयनमा उतार्न प्रतिस्पर्धा गरेका थिए।
दोस्रो दिन पनि ह्याकाथन निरन्तर जारी रहँदा रङ्गीन यूआई/यूएक्स डिजाइन प्रतियोगिता सम्पन्न भयो। उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरूले फिग्मा प्रयोग गरेर प्रयोगकर्ता–केन्द्रित डिजाइन सिर्जनशीलता प्रस्तुत गरेका थिए।
तेस्रो तथा अन्तिम दिन ह्याकाथनको अन्तिम चरणसँगै कोड युद्ध आयोजना गरिएको थियो, जसले सहभागीहरूको कोडिङ गति र सीपको परीक्षा लिएको थियो।
समापन सत्रमा ह्याकाथन, यूआई/यूएक्स डिजाइन प्रतियोगिता र कोड युद्धका विजेताहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण