शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत प्राधिकरणको नाफा घट्यो : हितेन्द्र भन्छन्– विद्युत बिक्रीमा कमी आयो

आइतबार, ०१ भदौ २०८२, १५ : १९
आइतबार, ०१ भदौ २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ, अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले कमी आएको छ।
  • विद्युत प्राधिकरणका अनुसार नाफा घट्नुको मुख्य कारणमा जापानी येनको अधिमूल्यन, प्रशासनिक खर्च वृद्धि र विद्युत बिक्री मूल्यमा कमी हो।
  • आगामी वर्षमा नाफा बढ्ने प्राधिकरणको दाबी छ, तर गत वर्षको तुलनामा विदेशी मुद्रा र अन्य कारणले गर्दा नोक्सानी भएको बताइएको छ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नाफा घटाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो ।

प्राधिकरणकाअनुसार आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ ।२०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम  हो । २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो ।

खासगरी कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हाले यता प्राधिकरणले नाफा बनाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी,आएका कारणले नाफामा केही कमी देखिएको बताए ।

अहिले नाफामा कमी आएपनि आगामी वर्षमा वृद्धि हुने उहाँको दाबी छ । कार्यकारी निर्देशक शाक्यले भने,‘विद्युत विक्री बाहेक अन्य स्रोतबाट आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको थियो ।

सञ्चालन खर्च ब्याज खर्च लगायत सम्पूर्ण खर्चसहित आ.व. २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो । आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख हुन आएको छ । २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम  हो । 

गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमुल्यन आदि कारणले अडाइ अर्ब नोक्सान भएको छ । डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभोनिजिङ गरे बापत साढे ५ अर्ब नोक्सानी भएको छ । 

प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको छ । तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ ।

उनकाअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल विद्युत जडित क्षमता ३५९१ पुगेको छ । आव  २०८१/८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिरावट घण्टा विद्युत उपलब्ध भएको थियो ।

जसमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत रहेको थियो । स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो । 

प्राधिकरणकाअनुसार नेपालको आन्तरिक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिरावट घण्टा पुगेको थियो । 

आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ ।

प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावट विद्युत उत्पादन क्षमता थप भएको छ । जसमा प्राधिकरण अन्तर्गतका कम्पनीका सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट छ भने २९०.५ मेगावट छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप