चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा
सारांश
- नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ, जसले व्यवसायीलाई सुविधा पुग्नेछ।
- केन्द्रीय बैंकले चाँदी आयातको सीमा पाँच लाख अमेरिकी डलर पुर्याएको छ।
- सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा एक लाख अमेरिकी डलरसम्मको सुविधा पाउनेछन्।
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैङ्कले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्याएको जनाएको हो ।
सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रति पटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो ।
राष्ट्र बैङ्कले चाँदी आयात गर्दा प्रति पटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने भएको हो ।
यसैगरी अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्मको सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैङ्कले जनाएको छ ।
केन्द्रीय बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतिपत्र वा विदेशबाट खरिद आदेश बराबरको कागजात पेस गर्नुपर्नेछ ।
सटही सुविधा दिने वाणिज्य बैङ्कले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन भने गर्नुपर्नेछ ।
वाणिज्य बैङ्क बाहेक बैङ्कबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वः घोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने व्यवस्था गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण