सिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने काम जारी
सारांश
- भीमफेदी-कुलेखानी सडकमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ, जसले गर्दा डाइभर्सन प्रयोग गर्नुपरेको छ।
- पहिरो हटाउन प्रयास जारी रहे पनि पानीका कारण समस्या भइरहेको छ, र सोमबार साँझसम्म सडक खुलाउने लक्ष्य राखिएको छ।
- सडक खुलाउन तीनवटा मेशिन प्रयोग गरिएको छ, तर साँघुरो स्थान र ढुङ्गा खस्ने क्रमका कारण कठिनाइ भइरहेको छ।
मकवानपुर । काठमाडौँ जोड्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएपनि मुख्य सडकमा खसेका पहिरो ४८ घण्टा बित्दा पनि हटाउन सकिएको छैन ।
शनिबार बिहान ९ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ ज्यामिरेमा खसेको सुक्खा पहिरोका कारण प्रदेश सरकारले निर्माण गरिरहेको सिस्नेरी सडक अवरुद्ध भएको थियो । त्यसको २४ घण्टापछि डाइभर्सन बनाएर सडक नियमित गरिएको थियो ।
तर आइतबार दिनभर ३ वटा मेशिन प्रयोग गरेर मुख्य सडक सञ्चालनमा ल्याउने कोसिस गरिए पनि आइतबार साँझ परेको पानीका कारण पुनः खसेको पहिरोले सडक सञ्चालनमा कठिनाइ भएको छ ।
पहिरो खसेर सडक अवरुद्ध भएको केही समयमा नै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्स्काभेटर र लोडर प्रयोग गरेर सडक खुलाउन प्रयास भए पनि निरन्तर रूपमा पहिरो खसेकाले समस्या भएको हो । मन्त्रालयअन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडामार्फत सडक खुलाउन मेसिनहरू प्रयोग गरिएको छ । आयोजनाले सोमबार साँझसम्म सडक सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको जनाइएको छ ।
आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार आइतबार दिनभर बाटो खुलाउने प्रयास गरिए पनि साँझ परेको पानीका कारण पहिरो खस्न थालेपछि साँझ ६ बजेपछि काम रोकिएको थियो । आज साँझसम्म सडक खुलाउने गरी मन्त्रालयसँगको समन्वयमा पहिरो हटाउने काम पुनः थालिएको उनले बताए । पहिरो हटाउन हाल तीनवटा मेसिन प्रयोग भइरहेको उनले जानकारी दिए ।
पहिरो पन्छाउने काममा एक्स्काभेटर, जेसिबी र लोडर एक–एकवटा प्रयोग गरिएको उनको भनाइ छ । बिहानैबाट पहिरो हटाउने काम थाले पनि पहिरो ठुलो र सडकको माथिबाट ढुङ्गा–माटो खस्ने क्रम जारी रहेकाले कठिनाइ भइरहेको छ ।
एक्स्काभेटर र जेसिबीले दुईतर्फबाट बाटो खुलाउन पहिरो हटाउने काम भइरहेको र दिनभरमा सक्ने लक्ष्यका साथ अघि बढेको उनले बताए । उक्त स्थान साँघुरो र जोखिमयुक्त रहेकाले मेसिनहरू थप गर्ने अवस्था नरहेको पनि उनको भनाई छ ।
सो सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण गरिएको छ । सो सडकको काठमाडौँतर्फको केही भाग कालोपत्रे गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण