सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

दार्चुला–गोकुलेश्वर सडक : पहिरोले तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध

सोमबार, ०२ भदौ २०८२, १० : ४४
सोमबार, ०२ भदौ २०८२

खलङ्गा । पहिराेले दार्चुला–गोकुलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि  शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक  रनेबासमा सडक  अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।

निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ ।  गोकुलेश्वरबाट उपकरण  पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।  जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारी साधन उक्त क्षेत्रमा जाममा परेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप