नुहाउन गएका बालकको खोलामा डुबेर मृत्यु
सारांश
- कैलालीको गोदावरी नगरपालिकामा एक बालकको खुटिया खोलामा डुबेर मृत्यु भएको छ।
- आइतबार घरबाट निस्केका बालक आइतबार साँझसम्म घर नफर्किएपछि खोजी सुरु भएको थियो।
- प्रहरीले बालकको शव सोमबार बिहान फेला पारेको हो र घटनाको अनुसन्धान भइरहेको छ।
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ। आइतबारदेखि हराइरहेका गोदावरी नगरपालिकाका एक बालकको शव सोमबार बिहान खुटिया खोलामा फेला परेको हो।
आइतबार दिउँसो घरमा खाना खाएर निस्किएका बालक साँझसम्म पनि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा उनी आफ्ना अन्य दुई साथीसँगै खुटिया खोलामा नुहाउन गएको खुलेको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, उनीसँगै नुहाउन गएका साथीले सोधपुछका क्रममा नुहाउने क्रममा साथी खोलामा हराएको बयान दिएका थिए।
सोही बयानको आधारमा प्रहरीले खोजतलास गर्दा आइतबार राति नै बालकले लगाएको चप्पल खोला किनारमा फेला पारेको थियो। त्यसपश्चात, सोमबार बिहानैदेखि पुनः खोजी कार्य सुरु गर्दा उनको शव फेला परेको प्रहरीले जानकारी दियो।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण