क्वान्टास एयरलाइन्सलाई किन गरियो ५ करोड ९० लाख डलर जरिवाना ?
सारांश
- अस्ट्रेलियाको अदालतले क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना गरेको छ।
- कम्पनीले कोभिड-१९ महामारीको समयमा १ हजार ८२० ग्राउन्ड कामदारलाई अवैध रूपमा बर्खास्त गरेको थियो।
- अदालतको यो निर्णय फेयर वर्क ऐन अन्तर्गतको सबैभन्दा ठूलो जरिवाना हो।
क्यानबेर्रा । अस्ट्रेलियाको एक अदालतले घरेलु ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना लगाएको छ ।
कोभिड–१९ महामारीको समयमा १ हजार ८२० भन्दा बढी ग्राउन्ड कामदारहरूलाई अवैध रूपमा बर्खास्त गरेकोको मामिलामा कम्पनीलाई उक्त जरिवाना लगाइएको हो । अस्ट्रेलियाली यातायात मजदुर संघले यो निर्णयको स्वागत गरेको छ ।
फेयर वर्क ऐन अन्तर्गत कुनै पनि अस्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठुलो जरिवाना हो । यो सजायले अन्य कम्पनीका लागि उदाहरण स्थापित गर्ने सङ्घीय अदालतका न्यायाधीश माइकल लीले बताएका छन् । क्वान्टास एयरलाइन्स पनि जरिवाना तिर्न सहमत भएको छ ।
कोभिडको समयमा आफूले गरेको निर्णयले कर्मचारीहरूलाई हानि पुगेको अनि यस कार्यका लागि जबाफदेही बनाइनुले अदालतको निर्णय आफूले स्वीकार्य भएको क्वान्टसको भनाइ छ । क्वान्टास समूहका सीईओ भेनेसा हडसनले भनिन्, ‘यो दुःख भोग्नु परेको १ हजार ८२० ग्राउन्ड ह्यान्डलिङ कर्मचारी र उनीहरूका परिवारहरूसँग हामी माफी चाहन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण