सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, दुई सदस्यले लिए शपथ
सोमबार, ०२ भदौ २०८२, १३ : ५७
सारांश
- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ, विज्ञ सदस्य र चार्टर एकाउन्टेन्ट सदस्यले शपथ लिएसँगै प्राधिकरणले पूर्णता पाएको हो।
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त सदस्यहरूको शपथ ग्रहण गराएका हुन्।
- रमेशप्रसाद चौलागाइँलाई विज्ञ सदस्य र महेश खनाललाई चार्टर्ड एकाउन्टेन्ट सदस्यमा नियुक्त गरिएको छ।
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ । प्राधिकरणमा रिक्त विज्ञ सदस्य तथा चार्टर एकाउन्टेन्ट सदस्यले शपथ ग्रहण गरेसँगै प्राधिकरणले पूर्णता पाएको हो ।
सोमबार ती सदस्यहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त सदस्यहरूको शपथ ग्रहण गराएका हुन् ।
साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको विज्ञ सदस्यमा रमेशप्रसाद चौलागाइँलाई नियुक्त गरेको थियो । उनी पूर्णकालीन सदस्य हुन् । त्यस्तै चार्टर्ड एकाउन्टेन्ट सदस्यमा महेश खनाल नियुक्त भएका छन् ।
सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा सहसचिव शेषनारायण पौडेललाई जिम्मेवारी दिएको छ । उनले प्राधिकरणको सदस्य सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण