युक्रेनमा रुसी ड्रोन आक्रमणमा कम्तिमा चार जनाको मृत्यु
सोमबार, ०२ भदौ २०८२, १३ : ५९
सारांश
- रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ, जुन अमेरिकी राष्ट्रपति र युक्रेनी राष्ट्रपतिको भेटघाट हुनुभन्दा अघिको घटना हो।
- खार्किभमा भएको ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तीमा चार जनाको मृत्यु भएको छ, भवन भत्किएको छ र मानिसहरू फसेका छन्।
- जापोरिजिया क्षेत्रमा रुसी आक्रमणमा एक जनाको मृत्यु भएको छ र अन्य छ जना घाइते भएका छन्, जसमा दुई बालबालिका पनि छन्।
किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबिच ह्वाइट हाउसमा हुने भेटघाटको केही घण्टा अघि रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ।
खार्किभको एक अपार्टमेन्ट ब्लकमा रूसी ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तीमा चार जनाको मृत्यु भएको मेयर इहोर तेरेखोभले बताएका हुन् । उनले भने, ‘भवनको एक भाग भत्किएको छ र भग्नावशेषमुनि अझै धेरै मानिसहरू फसेको हुन सक्ने आशंका छ।’
स्थानीय अधिकारी इभान फेडोरोभले जापोरिजिया क्षेत्रमा ग्लाइड बम प्रयोग गरेर गरिएको रुसी आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएको बताएका छन्, जसमा दुई बालबालिका पनि समावेश छन्।
युक्रेनी वायुसेनाले रातभरि रुसले युक्रेनमा चार वटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको बताएको छ। वायुसेनाले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण