पहिरोमा परी दुई जनाको मृत्यु
म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सोमबार दिउँसो आयोजनाको बाँधस्थल झिँ र दग्नामको सीमा क्षेत्रमा पहिरो जाँदा ढुङ्गा लागेर आयोजनामा कार्यरत मजदुर लालबहादुर सुनार र सुजन बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
उनकाअनुसार पाँच जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम लैजाने तयारी गरिएको छ । घटनास्थलमा मौवाफाँट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीसहित आयोजनाका अन्य मजदुरले घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले रघुगङ्गा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण