शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
गौर हत्याकाण्ड प्रकरण

गौर हत्याकाण्ड छानबिन अघि बढाउने सर्वोच्चको आदेशको स्वागतमा मधेसमा दीप प्रज्वलन

सोमबार, ०२ भदौ २०८२, २१ : ११
सोमबार, ०२ भदौ २०८२

सारांश

  • सर्वोच्च अदालतको आदेशपछि रौतहटको गौर हत्याकाण्डमा छानबिन सुरु हुने भएको छ।
  • स्थानीयहरूले दीप प्रज्वलन र रंगोली बनाएर खुसी मनाएका छन्, पीडित परिवारले न्यायको आशा गरेका छन्।
  • जसपा नेपालका कार्यकर्ताहरूले भने सर्वोच्चको आदेशको विरोध गर्दै प्रदर्शन गरेका छन्।

रौतहट । गौर हत्याकाण्डमाथि छानबिन अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशको स्वागतमा सोमबार रातिदेखि मधेसका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारमामाथि सर्वोच्चले सोमबार छानबिन अघि बढाउन आदेश दिएपछि पीडित पक्ष र स्थानीय स्तरमा खुसीयालीको माहोल बनेको हो । मृतकमध्ये सरमुजवा निवासी नर्मदेश्वर उपाध्यायको गाउँमा स्थानीयहरूले दीप प्रज्वलनसँगै रंगोली बनाएर खुसी साटेका छन् ।

स्थानीयहरूको भनाइमा १९ वर्षदेखि न्यायको प्रतीक्षा गरिरहेका पीडित परिवार र आफन्तलाई सर्वोच्चको आदेशले न्यायको ढोका खोलेको छ । पीडित परिवारले यसलाई ऐतिहासिक कदमको रूपमा स्वागत गरेका छन् ।

गौर नरसंहारमा श्रीमान गुमाएकी रूपसागर देवी उपाध्यायले दीप प्रज्वलन कार्यक्रमलाई न्याय प्राप्तिको आशा पलाएको दिनको उत्सवका रूपमा लिएको बताइन् ।

“हामीले धेरै सङ्घर्ष गर्‍यौँ, आन्दोलन गर्‍यौँ, सर्वोच्चले छानबिन गर्न आदेश दिएपछि बल्ल न्याय पाउने विश्वास पलाएको छ,” उनले भनिन् ।सर्वोच्चको आदेशपछि अब जिल्ला प्रहरी कार्यालय रौतहटले छानबिन अघि बढाउनुपर्नेछ ।

तर सर्वोच्च अदालतले आदेश दिएपछि जसपा नेपालका कार्यकर्ताहरूले विरोध गरेका छन् । सोमबार साँझ उनीहरुले सडकमा प्रदर्शन समेत गरेका छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप