टप एन्ड टी–२० सिरिज : नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्दै
मङ्गलबार, ०३ भदौ २०८२, ०८ : ४५
सारांश
- अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले होबार्ट हरिकेन्ससँग खेल्दै छ।
- नेपालले हालसम्म खेलेका तीनवटै खेलमा हार बेहोरेको छ र पहिलो जितको खोजीमा छ।
- नेपालले अगस्ट २० मा मेलबर्न रेनेगेड्सविरुद्ध र २२ तारिखमा पाकिस्तान शाहिन्ससँग खेल्नेछ।
काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल बिहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।
हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
नेपालले अगस्ट २० मा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्नेछ । अन्तिम खेलमा नेपालले २२ तारिखमा पाकिस्तान शाहिन्सको सामना गर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण