आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको जलेर मृत्यु
मङ्गलबार, ०३ भदौ २०८२, १२ : १०
सारांश
- झापाकी एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाइन्, जसको कारण उनको मृत्यु भयो।
- घटना दमक नगरपालिका-१ भानु चोकमा भएको थियो, जहाँ महिलाले घरमा एक्लै हुँदा आत्मदाह गरेकी थिइन्।
- प्रहरीका अनुसार, श्रीमानसँगको मनमुटावका कारण उनले यस्तो कदम चालेको आशंका गरिएको छ।
झापा । आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी झापाकी एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका–१ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको हो ।
दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो । श्रीमान्सँग मनमुटाव भएपछि निजले आत्मदाहको प्रयास गरेको आशङ्का प्रहरीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण