यी हुन् उत्कृष्ट ६ स्थानीय तह, सरकारले सम्मान गर्ने
सारांश
- संघीय मामिला मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तह घोषणा गर्यो।
- सम्मानित हुने नगरपालिकाहरूमा खैरहनी, तिलोत्तमा र नीलकण्ठ नगरपालिका रहेका छन्।
- गाउँपालिकाहरूमा अर्जुनचौपारी, बेनीघाट रोराङ र रुरु क्षेत्र गाउँपालिका उत्कृष्ट घोषित भए।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तह घोषण गरेको छ । मन्त्रालयले राष्ट्रिय स्तरमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई सम्मान गर्न लागेको हो ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्मानित हुने नगरपालिकाहरूमा चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका रहेका छन् ।
यसैगरी, गाउँपालिकातर्फ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिका उत्कृष्ट घोषित भएका छन् ।
स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार यी पालिकाहरूले राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण