उपसभामुखबारे संसद्मा उठेको प्रश्न कसरी बिट मार्ने भन्नेबारे छलफलमा छाैँ : महेश बर्तौला
सारांश
- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरको विषयमा छलफल भइरहेको बताए ।
- सदनमा उठेका प्रश्नलाई कसरी टुंग्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।
- सत्तारुढ दलहरूबीच शिक्षा, निजामती सेवा र भूमिसम्बन्धी विधेयकबारे साझा धारणा बनाउन छलफल भएको छ ।
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेकाले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएका छन् ।
मंगलबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा भएको सत्तारुढ दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग बर्तौलाले सदनमा उठेको प्रश्नलाई कसरी बिट मार्ने भनेर छलफल भइरहेको बताए ।
‘उपसभामुखज्यूका बारेमा प्रतिनिधिसभामा प्रश्न उठेको छ,’ बर्तौलाले भने, ‘त्यो प्रश्नको विधिसम्मत तरिकाले कसरी बिट मार्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
हटाउनका लागि प्रमुख सचेतकहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् भन्ने कुरा आएको छ नी भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सांसद बर्तौलाले भने, ‘यसबारे प्रमुख सचेतकहरूले चाहेर मात्रै हुँदैन ।’
बैठकमा सदनमा अल्झिरहेका शिक्षासम्बन्धी विधेयक, सङ्घीय निजामती सेवा विधेयक, भूमिसम्बन्धी विधेयकबारे सत्तारुढ दलहरूबिच साझा धारणा बनाउन छलफल भएको जानकारी उनले दिए ।
असमझदारीलाई छलफलबाट समाधान निकालेर व्यवस्थित गर्दै पारित गर्ने कुरा भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण