अख्तियारले समाचार स्रोत मागेको भन्दै नेपाल पत्रकार महासङ्घको आपत्ति
सारांश
- अख्तियारले आर्थिक दैनिकमा प्रकाशित समाचारको स्रोत मागेको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको छ।
- महासंघका अनुसार अख्तियारले सामान्य प्रशासन मन्त्री र मालपोत प्रमुखसँग सम्बन्धित समाचारको स्रोत मागेको हो।
- महासंघले समाचारको स्रोत माग्नु प्रेस स्वतन्त्रता र पत्रकार आचारसंहिता विपरीत भएको जनाएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकाबाट प्रकाशित समाचारको स्रोत मागेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ काठमाडौँ शाखाका अनुसार यही साउन ११ गते ‘सामान्य प्रशासन मन्त्री गुप्ता लाखौँको घूस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी’ शीर्षकको समाचारसँग सम्बन्धित अडियो र साउन १८ गते प्रकाशित ‘७० लाख घूस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण’ भन्ने समाचारको स्रोत उपलब्ध गराउन आयोगले पत्राचार गरेको हो।
महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै समाचारको स्रोतको संरक्षण गर्नु पत्रकारिताको सिद्धान्त, धर्म तथा संवैधानिक अधिकार भएको स्पष्ट पारेको छ। पत्रकार आचारसंहिताले समेत स्रोतको गोपनीयता कायम राख्न प्रावधान गरेको स्मरण गराउँदै महासङ्घले अख्तियारले समाचार स्रोत माग्नु पत्रकारिता सिद्धान्त, संविधान र आचारसंहिता विपरीत भएको ठहर गरेको छ।
महासचिव रामप्रसाद दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारप्रति असहमति भए विधि प्रक्रिया अनुसार कारबाही गर्ने बाटो हुँदाहुँदै आयोगले समाचारको स्रोत माग्नु प्रेस स्वतन्त्रताविरुद्धको कदम हो। त्यसैले तत्काल पत्र फिर्ता लिई विधिमा फर्कन महासंघ सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण