औषधि व्यवस्था विभागले पुराना गाडी र कम्प्युटर लिलामीमा बेच्दै
काठमाडाैँ । औषधी व्यवस्था विभागले पुराना सवारी साधन, कम्प्युटर, फर्निचर लगायतका सामानहरू लिलाममार्फत बिक्री गर्ने भएको छ ।
विभागले मंगलबार सूचना प्रकाशित गरी पुराना तथा प्रयोगमा नआएका सामानहरू खरिदका लागि इच्छुक व्यक्ति, फर्म वा कम्पनीसँग सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
विभागले लिलामीमा राखेका सामानहरूलाई तीन समूहमा वर्गीकरण गरेको छ । पहिलो समूहमा ३ वटा मोटर र ३ वटा मोटरसाइकल गरी ६ वटा सवारी साधन रहेका छन् । जसको न्यूनतम मूल्य ३ लाख ७८ हजार रुपैयाँ तोकिएको छ ।
सूचनामा यी सवारी साधनहरूको नामसारी तथा स्वामित्व हस्तान्तरण नहुने उल्लेख गरिएको छ । त्यसैगरी, दोस्रो समूहमा पुराना कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टर र युपीएस जस्ता इलेक्ट्रोनिक उपकरणहरू छन् ।
यस समूहका सामानहरूको न्यूनतम मूल्य ३ लाख ४२ रुपैयाँ कायम गरिएको छ ।तेस्रो समूहमा कार्यालयका फर्निचर, अन्य औजार तथा उपकरणहरू रहेका छन् । जसको न्यूनतम मूल्य ६० हजार २१८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण