आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

बुधबार, ०४ भदौ २०८२, ०५ : ३३
बुधबार, ०४ भदौ २०८२

सारांश

  • कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ।
  • प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
  • दिवसको अवसरमा प्रभातफेरि र विभिन्न कार्यक्रम गरी उत्सव मनाइनेछ।

कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । 

यसअघि २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार नै आज प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । 

दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रूपमा मनाउने तयारी रहेको गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप