कर्णालीलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन प्रतिबद्ध छौँ: मुख्यमन्त्री कँडेल
सारांश
- मुख्यमन्त्री कँडेलले सहिदको सपना साकार पार्न एकताको आवश्यकता औंल्याए।
- उनले कर्णाली प्रदेशलाई समृद्धिको बाटोमा लैजान साझा प्रयासको खाँचो औंल्याए।
- मुख्यमन्त्रीले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा शुभकामना दिए।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सहिदहरूको बलिदानबाट प्राप्त प्रदेशको सपना साकार पार्न सबै एकताबद्ध हुनुपर्ने बताएका छन् । उनले विकास, सुशासन र सामाजिक न्यायको जगमा कर्णालीलाई समृद्धिको बाटोमा अघि बढाउन सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए ।
बुधबार ‘प्रदेश स्थापना तथा सहिद दिवस, २०८२’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
छुट्टै प्रदेशको मागसहित १३ दिनसम्म चलेको आन्दोलन र चार जनाको बलिदानपछि कर्णाली प्रदेश स्थापना भएको स्मरण गर्दै उनले आन्दोलनका घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे ।
मुख्यमन्त्री कँडेलले कर्णाली केवल भौगोलिक इकाई नभई गौरवशाली इतिहास, संस्कृति र परम्पराको धरोहर भएको बताए ।
‘प्रदेश संरचना केवल प्रशासनिक व्यवस्था मात्र नभई नागरिक अधिकार र जनसहभागिताको आधार हो,’ उनले भने, ‘यस संरचनाप्रति अपनत्व बढाउनु हामी सबैको साझा दायित्व हो ।’
प्रदेशमा भौगोलिक विकटता, पूर्वाधारको कमी, स्वास्थ्य तथा शिक्षामा असमानता र रोजगारी अभावजस्ता चुनौती रहेको स्वीकार कँडेलले गरेका छन् । ती चुनौतीलाई अवसरमा बदल्ने दृढ सङ्कल्प सरकारसँग रहेको उनको भनाइ छ ।
‘सुशासन र सामाजिक न्यायका आधारमा कर्णालीलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन हामी प्रतिबद्ध छौँ,’ उनको भनाइ छ ।
उनले विकासको यो यात्रामा सरकार मात्र नभई सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र आम कर्णालीवासीको सक्रिय सहकार्य अपरिहार्य रहनेमा जोड दिए ।
विकास, समृद्धि र सामाजिक न्याययुक्त कर्णाली साझा गन्तव्य भएको उनको बुझाइ छ । त्यो सबैको संयुक्त प्रयास, एकता र दृढ इच्छाशक्तिले मात्रै गन्तव्यमा पुग्न सकिने बताए।
कर्णाली प्रदेश सरकारले हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा सहिद दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण