टेलिकमका ग्राहकको मोबाइलमा यस्तो एसएमएस आयो ? सावधान !
सारांश
- नेपाल टेलिकमका ग्राहकलाई विभिन्न अलर्ट आईडी प्रयोग गरी शंकास्पद सन्देश पठाइएको पाइएको छ।
- संदेशमा कनेक्ट आईपीएस खाता लक भएको र भेरिफाइ गर्न लिंकमा क्लिक गर्न भनिएको छ, जसले ठगी निम्त्याउन सक्छ।
- टेलिकमले फेक लिंक नखोल्न र आधिकारिक सामाजिक सञ्जाल वा वेबसाइटबाट मात्र सूचना लिन आग्रह गरेको छ।
काठमाडौं । पछिल्ला केही दिनयता नेपाल टेलिकमका ग्राहकको मोबाइलमा विभिन्न अलर्ट आईडी प्रयोग गरी शंकास्पद सन्देश पठाइएको पाइएको छ। ती सन्देशमा “Dear valued customer, your Connect IPS account has been locked. Please verify … to login and secure it” जस्ता व्यहोरा उल्लेख गरिएको हुन्छ।
यसरी पठाइएका सन्देशमा यूआरएल लिंक राखी ती खोल्न लगाइने र त्यसपछि कनेक्ट आईपीएसको यूजर नेम र पासवर्ड लेख्न प्रेरित गरी ठगी गर्ने गरेको पाइएको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमले त्यस्ता फेक लिंक खोल्दा व्यक्तिगत जानकारी चोरी हुने जोखिम हुने भएकाले सेवाग्राहीलाई सचेत रहन आग्रह गरेको छ।
टेलिकमले कुनै पनि सेवासम्बन्धी सूचना आधिकारिक ब्लु टिकसहितको फेसबुक, एक्स लगायतका सामाजिक सञ्जाल पेज वा कम्पनीको आधिकारिक वेबसाइट मार्फत मात्र प्रकाशन गर्ने भएकाले त्यही आधारमा अद्यावधिक रहन पनि आग्रह गरेको छ।
_jRawQkdW0C.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण