अन्धभक्त र अराजक समाजको चुनौती
सारांश
- नेपाली समाजमा अन्धभक्ति र अराजकता बढ्दै गएको विश्लेषण गरिएको छ, जसले समाजलाई कमजोर बनाउँछ।
- लेखमा रवि लामिछानेका समर्थकको तर्क र सामाजिक सञ्जालमा अराजकताका उदाहरण प्रस्तुत गरिएको छ।
- लेखकले समाधानका लागि जवाफदेही नेतृत्व, उत्पादनमुखी अर्थतन्त्र, र श्रम संस्कृतिको विकास आवश्यक रहेको औंल्याएका छन्।
समाज निरन्तर परिवर्तनशील हुन्छ। तर आजको नेपाली समाजलाई नियाल्दा दुई खालका अस्वस्थ प्रवृत्ति हाबी देखिन्छन् – अन्धभक्ति र अराजकता। यी दुबै प्रवृत्तिले समाजलाई दीर्घकालीन रूपमा कमजोर मात्र होइन, गहिरो असर छोडेर जानेछन्।
१. अन्धभक्ति
अन्धभक्त भन्नाले प्रश्न नगरी, सोचबिनै, कसैको कुरा वा विचारलाई आँखामुनि पर्दा झैँ स्वीकार्ने मानिसलाई जनाइन्छ।
अहिलेकै उदाहरणका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूको तर्कलाई लिन सकिन्छ। उनीहरू भन्छन् – “रवि लामिछाने भन्दा भ्रस्ट दोषी अरु छन्, उनलाई सरकारले प्रतिशोधपूर्वक हेर्यो।”
यसको मतलब उनी निर्दोष भनेर पुष्टि गर्ने होइन। तर भ्रस्टाचार, दलाली, सुत्खोरी, मानव तस्करी जस्ता अपराधमा संलग्न सबै एकदिन कानुनको दायरामा आउनुपर्छ भन्ने सत्यलाई ढाकछोप गरेर कुनै एक व्यक्तिलाई प्रश्न नगरी समर्थन गर्नु अन्धभक्ति हो।
२. अराजकता
गणतन्त्रले स्वतन्त्रता दिएको छ। तर स्वतन्त्रता र स्वच्छन्दताबीचको रेखा धमिलो हुँदै गएको छ।
सामाजिक सञ्जालमा देखिने गालीगलौज, चरित्र हत्या, झुठा समाचार फैलाउने काम अराजकताकै उदाहरण हुन्।
सडक आन्दोलन वा विरोधका नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, हिंसा गर्ने प्रवृत्ति पनि बढेको छ।
यसको ताजा उदाहरण राजाबादी नाममा तिनकुनेमा भएको घटना हो। दुर्गा प्रसाईं स्वयं “म राजाबादी पनि होइन, म राप्रपा पनि होइन” भन्छन्। तर, समाजमा अराजकता मच्चाउने व्यक्ति भने उनी अवश्य हुन्।
३. किन बढ्दैछन् यी प्रवृत्ति?
- राजनीतिक नेताहरूको बढ्दो भ्रष्टाचार
- नेताहरूको तानाशाही प्रवृत्ति
- राजनीतिक दल र नेताहरू परनिर्भर हुनु
- राज्यले गलत नीति र अभ्यास अपनाउनु
- बढ्दो बेरोजगारी
- सामाजिक सञ्जालमार्फत गलत सूचनाको तीव्र प्रसार
४. समाधानका बाटा
जवाफदेही नेतृत्व : नेताले नतिजा देखाउने, पारदर्शी शासन गर्ने र आलोचना सहन सक्ने संस्कार विकास गर्नुपर्छ।
उत्पादनमुखी अर्थतन्त्र : आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमा आधारित नीति बनाउनुपर्छ।
श्रम संस्कृतिको विकास : श्रमलाई सम्मान गर्ने र समाजमा श्रम–केंद्रित मूल्य स्थापित गर्नुपर्छ।
निष्कर्ष
अन्धभक्त र अराजकताले समाजलाई दुई दिशाबाट कमजोर बनाउँछन्। अन्धभक्तहरूले विवेक हराउँछन्, अराजकताले अनुशासन हराउँछन्। विवेक र अनुशासन दुवै नभएको समाजले दीर्घकालीन शान्ति, विकास र न्याय पाउँदैन।
त्यसैले, आजको आवश्यकता हो – सचेत नागरिक, आलोचनात्मक सोच र जिम्मेवार स्वतन्त्रता। यसको विकल्प भनेको नेपाली राजनीतिमा नेकपाका नेता विप्लव नै हुन्। उनले आजसम्म कुनै राजनीतिक लाभ लिएका छैनन्, र उनीविरुद्ध खोट लगाउने आधार पनि छैन। त्यसकारण, नेपाली समाजलाई स्वच्छ, निस्कलङ्क र आफ्नै श्रममा विश्वास गर्ने नेतृत्वको आवश्यकता छ।
यो लेखकको निजी विचार हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण