आयोगको सिफारिस बमोजिम दलितको थर सूचीकृत गर्न माग
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता मिजारले दलित आयोगले गरेको सिफारिस बमोजिम दलितहरूको थर सुचीकृत गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद मिजारले थर सुचीकृत नभएकाले दलित समुदायका हजारौँ व्यक्तिहरु नागरिकता प्रमाणपत्र लिनबाट वञ्चित भएको बताइन् ।
‘राष्ट्रिय दलित आयोगले ४ वर्ष लगाएर अध्ययन अनुसन्धान गरी तयार पारेको दलित समुदायका विभिन्न थरहरू सूचीकरणको लागि राष्ट्रिय दलित आयोग ऐन, २०७४ बमोजिम मिति २०८१/८/१६ मा नेपाल सरकारलाई सूची सिफारिस गरेकोमा पटक–पटक ताकेता गर्दा पनि सरकारले हालसम्म निर्णय नगरेको आयोगको गुनासो रहेको छ,’ सांसद मिजारले भनिन्, ‘थर सूचीकृत नभएकै कारण दलित समुदायका हजारौँ व्यक्तिहरू नागरिकता प्रमाणपत्र लिनबाट वञ्चित छन्। उच्च शिक्षा, सामाजिक सुरक्षा, पोषण भत्ता, छात्रवृत्ति जस्ता आधारभूत अधिकारसमेत उपभोग गर्न पाएका छैनन् ।’
उनले आयोगले गरेको सिफारिसलाई तत्काल स्वीकृत गरी दलित समुदायलाई नागरिकता र अन्य संवैधानिक अधिकारबाट वञ्चित हुन नदिन सरकारको ध्यानाकर्षणसमेत गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण