अष्ट्रेलियाली समकक्षी अल्बानेजमाथि नेतन्याहुले लगाए यस्तो आरोप
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानेजले धोका दिएकाे आरोप लगाएका छन् । दुई देशबिच तनाव चर्किँदै गइरहेको समयमा नेतन्याहुको यो अभिव्यक्ति आएको हो ।
इतिहासले एन्थोनी अल्बानेजलाई एक कमजोर राजनीतिज्ञका रूपमा सम्झने मंगलबार नेतन्याहुले भनेका थिए । अष्ट्रेलियाले त्यहाँको यहुदी समुदायलाई बेवास्ता गरेको पनि उनको भनाइ छ ।
सोमबार नेतन्याहुको सत्तारुढ गठबन्धनका एक कट्टर दक्षिणपन्थी सदस्यलाई अष्ट्रेलियाले आफ्नो देशभित्र छिर्नबाट रोक लगाएका थिए । यसको प्रतिकारमा इजरायलले पनि प्यालेष्टाइन प्राधिकरणमा रहेका अष्ट्रेलियाली प्रतिनिधिहरूको भिसा खारेज गरिदियो ।
हालै बेलायत, फ्रान्स र क्यानडाको कदमलाई पछ्याउँदै अष्ट्रेलियाले प्यालेष्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेको थियो । नेतन्याहुले यही निर्णयको विरोधमा ती आरोप लगाएको अष्ट्रेलियाका अध्यागमन मन्त्री टोनी बुर्केले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण