विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन आज
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोल्ने भएकी छिन्।
- कार्यालयको उद्घाटनमा एमालेका नेताहरूलाई समेत निम्तो गरिएको छ।
- कार्यालय 'मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति'को नाममा सञ्चालन हुनेछ।
काठमाडौँ । एमालेको विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएकी छन् ।
भण्डारीले बिहीबार काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याउन लागेकी हुन् । उक्त सम्पर्क कार्यालयको भण्डारी आफैले उद्घाटन गर्दैछिन् ।
कार्यालयको उद्घाटनका लागि एमालेका केन्द्रीय नेताहरूले समेत निमन्त्रणा गरिएको बताइएको छ । ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिए पनि उक्त कार्यालयमार्फत भण्डारीले आफ्ना गतिविधि सञ्चालन गर्ने भण्डारी निकटस्थहरूले बताएका छन् ।
मदन भण्डारी ७५ औँ जन्मजयन्ती मुल व्यवस्थापन समितिको संयोजक एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने विद्या संरक्षक छन् । यसअघि भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण