नेपाल इँटा उद्योग महासङ्घ मधेस प्रदेशको अध्यक्षमा विक्राम साह सर्वसम्मत चयन
सारांश
- मधेस प्रदेशको जनकपुरमा नेपाल इँटा उद्योग महासङ्घको दोस्रो अधिवेशन सम्पन्न भयो।
- विक्राम साहको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरियो।
- अधिवेशनमा मधेस प्रदेशका ८ जिल्लाका व्यवसायीहरूको सहभागिता रह्यो।
सिराहा । नेपाल इँटा उद्योग महासङ्घ मधेस प्रदेशको जनकपुरमा सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले सर्वसम्मत रुपमा पुनः विक्राम साहको अध्यक्षतामा १७ सदस्सीय प्रदेश समिति चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा नवलकिशोर साह, उपाध्यक्ष सञ्जय चौधरी, महासचिव अशोक जयसवाल, कोषाध्यक्ष रामबाबु पञ्जीयार चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा मो.मुसलिम मिया र कृष्ण देव पण्डित सप्तरी, पुनम चौधरी र रामकृपाल यादव सिराहा, लक्ष्मण राय यादव धनुषा, मनोस साह महोत्तरी, विष्णु प्रसाद मैनाली सर्लाही, गेनालाल प्रसाद, बेदे आले रौतहट, ओमप्रकाश यादव वारा र गौरी शंकर साह पर्सा चयन भएका छन् ।
अधिवेशनले तीन सदस्सीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा अवदुल हकिम, मोहन साह र शिव पुजन साह रहेका छन् । अधिवेशनमा मधेस प्रदेशका ८ जिल्लाबाट करिब २ सय व्यवसायीहरुको सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण