शहरी विकास मन्त्रालयका आयोजनाहरूको अनुगमन अनलाइनबाट हुने
बिहीबार, ०५ भदौ २०८२, १५ : ०३
सारांश
- शहरी विकास मन्त्रालयले आयोजनाहरूको दैनिक अनुगमन अनलाइनबाटै गर्ने भएको छ।
- उपप्रधानमन्त्री प्रकाशमान सिंहले अनलाइन अनुगमन कक्षको उद्घाटन गरे।
- सिंहदरबारमा निर्माणाधीन भवन लगायतका आयोजनाको प्रगति अब प्रत्यक्ष निगरानी गरिनेछ।
काठमाडौँ । शहरी विकास मन्त्रालयले आयोजनाहरूको दैनिक अनुगमन मन्त्रालयबाटै प्रत्यक्ष रूपमा गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार मन्त्रालयमा ‘अनलाइन अनुगमन कक्ष’को उद्घाटन गरेसँगै अबदेखि अनलाइनबाटै आयोजनाहरूको अनुगमन गर्न सकिने भएको हो ।
यस नयाँ प्रविधिमार्फत सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवन, त्रिवि क्रिकेट स्टेडियम, नवलपुर नमुना सदरमुकामजस्ता महत्त्वपूर्ण आयोजनाहरूको प्रगतिलाई मन्त्रालयको कार्यकक्षबाटै प्रत्यक्ष निगरानी गर्न सकिने बताइएको छ ।
आगामी दिनमा अन्य आयोजना पनि अनलाइन अनुगमन प्रणालीमा जोड्ने मन्त्रालयको योजना छ । साथै अनलाइन अनुगमन सुरु भए पनि आयोजनाहरूको भौतिक अनुगमन कार्यलाई पनि निरन्तरता दिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण