कोदारी सडक सञ्चालनमा आयो, चालु भयो तातोपानी नाका
सारांश
- अरनिको राजमार्गको कोदारी खण्डमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ।
- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा गएको पहिरोले २५० मिटर सडक प्रभावित पारेको थियो।
- सडक मर्मतपछि तातोपानी नाका सञ्चालनमा आएको छ र चीनबाट सामान आयात सुरु भएको छ।
काठमाडौँ । लगातार पहिरोले अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड (इको पहिरो) पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ । गत साउन १८ गते गएको पहिरो व्यवस्थापन गर्न १५ दिन लाग्ने भनिए पनि एक सातामै मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बुधबार साँझदेखि सञ्चालनमा आएको रातोपाटीलाई बताए ।
‘हिजो साँझदेखि सञ्चालनमा ल्याउन सफल भयौँ,’ महर्जनले भने,‘हिजो साना सवारी मात्र ल्याउन सकिन्थ्यो । आजदेखि ठुला कन्टेनरहरू पनि आइरहेका छन् ।’
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा साउन १८ गते खसेको पहिरोले करिब २५० मिटर सडक प्रभावित भएको थियो । जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त थियो । उक्त पहिरो व्यवस्थापनसँगै तातोपानी नाका सञ्चालनमा आएको छ । साथै तातोपानी नाका हुँदै चीनबाट आयात गरी ल्याइएका मालवस्तुसहित कन्टेनरहरू नेपाल आउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण