शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छाैँ : सीईओ जोशी

बिहीबार, ०५ भदौ २०८२, १६ : ३४
बिहीबार, ०५ भदौ २०८२

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू गरिरहेको बताएका छन् । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसिएसनका सचिव डा. सुशील अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधि (पीएचडी)को अनुसन्धानबारेको छलफल कार्यक्रममा बोल्दै सीईओ जोशीले यस्तो बताएका हुन् । 

उनले भने,“बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिहरूमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ ।“

नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै सीईओ जोशीले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप