नेपाल वायुसेवाले सुरु गर्यो अत्याधुनिक जहाज मर्मत प्रविधि, आम्दानी बढाउने लक्ष्य
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो इन्जिनियरिङ तथा मर्मत सम्भार सेवालाई विस्तार गर्दै नयाँ प्रविधि सञ्चालनमा ल्याएको छ ।
निगमले बिहीबारदेखि ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ सेवा सुरु गरेको हो । यो एक प्रकारको ‘नन–डिस्ट्रक्टिभ टेस्ट’ हो । निगमको दाबी अनुसार यो प्रविधि सञ्चालनमा आएपछि यस्तो परीक्षणका लागि बाह्य कम्पनीमा पठाउँदा लाग्ने खर्च बचत हुनेछ ।
साथै निगमले यो सेवा अन्य वायुसेवा कम्पनीहरूलाई पनि उपलब्ध गराएर अतिरिक्त आम्दानी गर्ने लक्ष्य लिएको छ । नयाँ सेवाको सुरुवातसँगै निगम जहाजका ह्विल तथा ब्रेक युनिटको मर्मतमा प्रयोग हुने तीन वटा एनडीटी प्रविधिमा आत्मनिर्भर बनेको छ ।
अब निगमको मर्मतशालामै ‘एडी करेन्ट इन्स्पेक्सन’, ‘फ्लोरोसेन्ट पेनिट्रान्ट इन्स्पेक्सन’ र ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ सम्बन्धी सम्पूर्ण काम गर्न सक्ने क्षमता विकास भएको छ ।
वायु सेवा निगमले जारी गरेको विज्ञप्ति अनुसार, निगमले यसअघि नै ह्विल तथा ब्रेक युनिट मर्मतका लागि आफ्नै ‘नाइट्रोजन प्लान्ट’ स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ ।
भविष्यमा अक्सिजन प्लान्ट स्थापना गर्ने, क्याबिन शप र इलेक्ट्रीकल शपको कार्यक्षेत्र विस्तार गर्ने तथा रेडियो शप पुनः सञ्चालन गर्ने योजना पनि अघि सारिएको निगमले बताएको छ ।
निगमले यात्रुहरूको हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ‘सीएए नेपाल’ तथा अन्तर्राष्ट्रिय सुरक्षा एवं गुणस्तर मापदण्डहरूको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
_Eu7yeQtXVL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण