कबाडी हटाउने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–५ लाई वडाभित्र रहेको कबाडी हटाउने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
रञ्जु देवीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
निवेदकले काठमाडौँ महानगरपालिका वडा नम्बर ५ ले गत असार २३ गते ७ दिनभित्र कबाडी हटाउन पत्र पठाएको उल्लेख गर्दै त्यसलाई रोक्न माग गरेकी थिइन् ।
‘यसमा, के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीको हकमा आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला’, आदेशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण