हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
सारांश
- कांग्रेस सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताए।
- उनले विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूलाई देशको अवस्था सुधार्न आग्रह गरे।
- कोइरालाले शिक्षाको महत्त्वमा जोड दिँदै सामुदायिक विद्यालय सुधारमा सरकारको ध्यान जानुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् ।
काठमाडौँमा शुक्रवार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूको भएको बताए ।
उनले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताए । सांसद कोइरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताए । उनले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको बताए ।
सांसद कोइरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकारको ध्यान जानुपर्ने बताए । शिक्षाले नै विश्वलाई चिनाउन सक्ने भएकाले शिक्षामा पहिलो जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण