शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

१४ लाख बढी हुन्डी रकमसहित पर्साबाट दुईजना पक्राउ

शुक्रबार, ०६ भदौ २०८२, १० : ५४
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • पर्सा प्रहरीले स्रोत नखुलेको १४ लाख बढी हुन्डी रकमसहित दुई जनालाई पक्राउ गर्यो।
  • पक्राउ पर्नेमा वीरगन्ज र बाराका दुई व्यक्ति छन्।
  • प्रहरीले मोटरसाइकलमा लुकाएर ल्याएको रकम बरामद गरेको छ र थप अनुसन्धान भइरहेको छ।

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको इदगाहचोकबाट १४ लाख बढी हुन्डी रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर– २ निवासी संजयकुमार साह र बारा महागढीमाई नगरपालिका निवासी शनिकुमार ठाकुरलाई पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जाँच चलाउँदा १४ लाख १३ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए । 

उनका अनुसार प्रहरीलाई स्रोत नखुलेको रकम बोकेर दुई जना आइरहेको सूचना आएको थियो, सोही बमोजिम मोटरसाइकल रोकेर जाँच गर्दा उक्त रुपैयाँ फेला परेको हो ।

उनीहरूको साथबाट प्रहरीले बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ । 

मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइछिपाइ ल्याउँदै गरेको एक हजार दरका दश लाख र ५ सय दरका ४ लाख १३ हजार रुपैयाँ फेला परेको प्रहरीले बताउँछ ।

हुन्डी रकमसहित पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुई जनामाथि आजै म्याद थपको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

hundi rakam

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप