लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिको राप्रपाद्वारा विरोध
सारांश
- राप्रपाले भारत र चीनबीच लिपुलेकलाई व्यापार मार्ग बनाउने सहमतिमा आपत्ति जनाएको छ।
- सांसद अनिषा नेपालीले नेपालको सार्वभौमिकतामा असर पार्ने भन्दै सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरिन्।
- राप्रपाले नेपालको भू-स्वाधीनता र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिने बताएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारत र चीनबिच नेपालको लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिको विरोध गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अनिषा नेपालीले पार्टीको तर्फबाट आपत्ति जनाइन् ।
‘भारत र चीनबिच हालै भएको असहमति अनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ,’ सांसद नेपालीले भनिन्, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा अप्रत्यक्ष असर पार्ने यस्ता कुनै पनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार हो । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अङ्ग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्सा र सन्धि सम्झौताहरूले प्रस्ट देखाउँछन्। यसरी नेपालसँग छलफल नगरी दुई देशबिच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालप्रति असम्मानजनक मात्र नभई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीतको कार्य हो ।’
उनले राप्रपा नेपालको भू–स्वाधीनता र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएको बताइन् । यस विषयमा नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न माग गरिन् । नेपाली भूभाग र स्वाधीनतामाथि कुनै पनि प्रकारको अतिक्रमण वा उल्लङ्घन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग नेपालीले आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण