अभौतिक सम्पदा अन्तर्राष्ट्रिय सूचीमा दर्ता प्रक्रिया अघि बढेको छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा दर्ता भएका अभौतिक सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाल सरकारले अभौतिक सम्पदाको संरक्षण र सूचीकरणलाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।
मन्त्री पाण्डेका अनुसार सरकारले कार्यविधि बनाई हालसम्म १०५ वस्तु अभौतिक सम्पदाको रूपमा दर्ता गरिसकेको छ । नेवार समुदायको परिकार “योमरी“ नेपालमा दर्ता भएको पहिलो अभौतिक सम्पदा भएको उनले जानकारी दिए ।
“यो विधेयक कानुन बनेपछि मौलिक अभ्यासहरूको सूचीकरण मात्र नभई प्रचार–प्रसार र संरक्षणमा समेत ठुलो टेवा पुग्नेछ,” मन्त्री पाण्डेले भने ।
विधेयक निर्माणको क्रममा सरोकारवाला पक्षहरूसँग विस्तृत छलफल गरिसकिएको मन्त्री पाण्डेले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण