रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास’ गरिरहेको छ : जेलेन्स्की
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले शान्ति वार्ता रोक्न खोजेको आरोप लगाए।
- ट्रम्पले पुटिन र जेलेन्स्कीबीच भेट गराउन खोजिरहेका छन्, तर दुवै नेताबीच सहमति हुन सकेको छैन।
- नाटो महासचिव रुटेले युक्रेनलाई भविष्यमा रुसले आक्रमण नगर्ने सुरक्षा प्रत्याभूति दिलाउन काम भइरहेको बताए।
कीएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास गरिरहेको’ आरोप लगाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेट गराउन खोजिरहेका छन्। तर उनले शुक्रबार भने, "यो तेल र भिनेगरझैँ हो... उनीहरू एक–आपसमा बिल्कुलै मिल्दैनन्।’
रुसका परराष्ट्रमन्त्री सेर्गेई लाव्रोभले भने पुटिन वार्ताका लागि तयार रहेको तर ‘शिखर बैठकको कार्यसूची नै तयार नभएको’ बताएका छन्। उनले जेलेन्स्कीमाथि ‘हरेक कुरा अस्वीकार गर्ने’ आरोप समेत लगाएका छन्।
गत साताभर तीव्र कूटनीतिक गतिविधि भएको थियो। ट्रम्पले पहिलोपटक अलास्कामा पुटिनसँग भेटे भने त्यसपछि वासिङ्टनमा युरोपेली नेताहरूसहित जेलेन्स्कीलाई भेटेका थिए। ट्रम्पले आफूले रोक्न खोजेका सबैभन्दा कठिनमध्ये यो युद्ध एक भएको बताएका छन्।
सोमबार पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले पुटिन–जेलेन्स्की शिखर बैठकको तयारी थालिएको र त्यसमा आफूपछि सहभागी हुने बताएका थिए।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उक्त पहललाई समर्थन गरे पनि उनले कुनै सम्भावित शान्ति सम्झौता भएपछिको सुरक्षाका लागि पश्चिमी मित्रराष्ट्रहरूबाट ठोस सुरक्षा प्रत्याभूति मागेका छन्।
यसैबिच, नाटोका महासचिव मार्क रुटेले कीएभ भ्रमणका क्रममा ‘ट्रम्पले गतिरोध तोड्ने लक्ष्य लिएको’ भन्दै अमेरिका र युरोपसँग मिलेर युक्रेनलाई भविष्यमा पुटिनले ‘फेरि कहिल्यै आक्रमण नगर्ने’ खालको सुरक्षा प्रत्याभूति दिन काम गरिरहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण