वेस्ट ह्यामलाई ठुलो अन्तरले हराउँदै चेल्सीको पहिलो जित
सारांश
- चेल्सीले वेस्ट ह्यामलाई ५-१ गोलले पराजित गर्दै प्रिमियर लिगमा पहिलो जित दर्ता गर्यो।
- चेल्सीका लागि जोआओ पेड्रो, पेड्रो नेटो, एनजो फर्नान्डेज, मोइसेस काइसिडो र ट्रेभोह चालोबाहले गोल गरे।
- वेस्ट ह्यामले लगातार दोस्रो हार बेहोर्यो भने नयाँ सिजनको सुरुवाती दुई खेलमै आठ गोल खानु परेको थियो।
लन्डन । कोल पाल्मरको चोट र सुरुवाती झट्का सहनुपरे पनि चेल्सीले वेस्ट ह्यामलाई लन्डन स्टेडियममै ठुलो अन्तरले हराउँदै प्रिमियर लिगको पहिलो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा चेल्सी ५-१ गोलले विजयी बनेको हो ।
चेल्सीका लागि जोआओ पेड्रो, पेड्रो नेटो, एनजो फर्नान्डेज, मोइसेस काइसिडो र ट्रेभोह चालोबाहले गोल गरे। यो जितसँगै चेल्सीले सिजनको सुरुवाती हारको शृङ्खला तोडेको छ भने वेस्ट ह्यामले भने लगातार दोस्रो पराजय बेहोरेको छ।
इङ्ग्ल्यान्ड फर्वार्ड पाल्मर वार्म–अपमै घाइते भएपछि उनको स्थानमा १८ वर्षीय ब्राजिलियन एस्टेभाओ विलियनलाई सुरुवाती रोजाइमा राखिएको थियो। तर खेल सुरु भएको छैटौँ मिनेटमै लुकास पाक्वेटाले शानदार प्रहार गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए।
तर, जोआओ पेड्रोले १५औँ मिनेटमा हेडरमार्फत चेल्सीका बराबरी गोल गरे। २३औँ मिनेटमा नेटोले उत्कृष्ट भलि गर्दै चेल्सीलाई अग्रता दिलाए भने ३४औँ मिनेटमा एस्टेभाओको क्रसमा फर्नान्डेजले सजिलै गोल गर्दै स्कोर ३–१ बनाए।
दोस्रो हाफमा वेस्ट ह्यामको निराशा अझ बढ्यो। गोलरक्षक म्याड्स हर्मानसेनले दुई पटक कमजोर बचाउ गर्दा काइसिडो र चालोबाह दुवैले कर्नरबाट गोल थपे।
चार मिनेटभित्रै आएका दुई गोलपछि स्टेडियम खाली हुन थाले, असन्तुष्ट समर्थकहरूले प्रशिक्षक ग्राहम पोटरसामु आक्रोश पोख्दै खेल छाडेर बाहिरिएका थिए।
लगातार दोस्रो खेलमा ठुलो हार बेहोरेको वेस्ट ह्यामले छैटौँ घरेलु खेलमा पनि जित हासिल गर्न सकेको छैन। नयाँ सिजनका सुरुवाती दुई खेलमै आठ गोल खानु क्लबको शीर्ष स्तरको इतिहासमै पहिलो पटक भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण