अपडेट : कान्ति लोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा
सारांश
- हेटौँडा-ललितपुर जोड्ने कान्ति लोकपथ सडक शनिबार बिहान ११:१५ बजेबाट सञ्चालनमा आएको छ।
- भिमफेदी गाउँपालिका-८ स्थित भर्याङडाडामा पहिरो खसेका कारण शुक्रबार साँझबाट सडक अवरुद्ध भएको थियो।
- सडकमा पहिरोको जोखिम कायमै रहेकोले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
मकवानपुर । हेटौँडा-ललितपुर जोड्ने कान्ति लोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । शुक्रबार साँझबाट पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ सडक शनिबार बिहान ११:१५ बजेबाट सञ्चालनमा आएको हो ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार शुक्रबार साँझ सो सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भर्याङडाडामा पहिरो खसेको थियो । सडकको माथिल्लो भागबाट ढुङ्गा र माटो सहितको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।
त्यस्तै सो सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका-१२ स्थित सिमात खोला र जितपुर भञ्ज्याङमा शनिबार बिहान पहिरो खसेको थियो । उक्त पहिरो हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।
सो सडकमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । सडक निर्माणका लागि पहाडको भित्ता कटान गरिएकाले सडकको माथिबाट ढुङ्गा खस्ने भइरहेकाले सचेत भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण