बाँकेमा ८५ किलोमिटर सडक निर्माण
सारांश
- बाँकेमा करिब ८५ किलोमिटर सडक र नाला निर्माण गरिएको छ।
- सडक पूर्वाधार विकास कार्यालयले ४५ किलोमिटर र सहरी विकास तथा भवन कार्यालयले ४० किलोमिटर सडक बनाएका हुन्।
- सडक निर्माणमा २१ करोड रुपैयाँ खर्च भएको छ, जसमा कल्भर्ट, कजवे र पुलहरू पनि बनेका छन्।
नेपालगन्ज । बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ । सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन् ।
सडक पूर्वाधार कार्यालयका प्रमुख दीपक खड्काले आव २०८१/०८२ ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिए । उनले सबैभन्दा बढी नेपालगन्ज, खजुरा र वैजनाथ गाउँपालिकामा नाला र सडक बनाइएको बताए ।
सडक बनाउन रु २१ करोड खर्च भएको जानकारी पनि उनले दिए । सात वटा कल्भर्ट र कजवे, दुई वटा पुल निर्माण गरिएको छ ।
सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा ४० किलोमिटर सडक र नाला निर्माण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी ११ दशमलव ५४ किलोमिटर ढल, ५ दशमलव ३९ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको कार्यालय प्रमुख रामआत्रेय शाहले जानकारी दिए । दुवै कार्यालयले गत आवमा यी काम गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण