जबरजस्ती करणी गरेको दुई स्थानबाट दुई जना पक्राउ
सारांश
- अर्घाखाँचीमा एक महिलालाई करणी गरेको आरोपमा ४० वर्षीय मेगराज नेपाली पक्राउ परेका छन्।
- इलाममा १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा २२ वर्षीय अमित गुरूङ पक्राउ परेका छन्।
- प्रहरीले दुवै घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रदेव गाउँपालिका-८ निन्युडाँडा बस्ने ४० वर्षीय मेगराज नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मेगराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खन र प्रहरी चौकी अर्घातोषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी इलाममा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-९ बरबोटे बस्ने २२ वर्षीय अमित गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालको बुलेटिनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण