प्रचण्डलाई मिनेन्द्रको प्रश्न : तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम जाने के हो ?
सारांश
- डा. मिनेन्द्र रिजालले प्रचण्डलाई लक्षित गर्दै राजनीति छोड्दा के हुन्छ भनी प्रश्न गरे।
- रिजालले केही नेताहरूले राजनीति छोड्दा देश डगमगाउँछ भन्ने सोचलाई व्यंग्य गरे।
- रिजालले राजनीतिक दलहरूमा पुस्तान्तरण नहुने मानसिकता रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै ‘राजनीति छोड्दा गर्ल्यामगुर्लुम हुने के छ ?’ भन्दै प्रश्न गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै रिजालले केही नेताहरूले आफूले राजनीति छोडेपछि देशै डगमगाउने जस्तो ठान्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेका हुन् ।
उनले भने, ‘नेपालमा कुनै दलका नेता भन्नुहुन्छ, मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लुम हुन्छ जस्तो लाग्छ । पृथ्वी नै बोकेको जस्तो के छ ? त्यस्तो के जाने हो थाहा छैन ।’
केही दिनअघि अध्यक्ष दाहालले आफूले पद छोडेमा ‘सबै गर्ल्यामगुर्लुम ढल्ने हो कि भन्ने लाग्छ’ भन्ने टिप्पणी गरेका थिए । त्यसैलाई प्रतिवाद गर्दै नेता रिजालले राजनीतिक दलहरूमा पुस्तान्तरण नहुने मानसिकता हाबी भएको बताए । उनले भने, ‘पुस्तान्तरण भन्ने कुरा त राजतन्त्रमा मात्रै हुन्छ । राजनीतिमा पुस्तान्तरण हुँदैन, जसले सक्छ त्यसले नेतृत्व लिन्छ ।’
नेता रिजालले नेपाली कांग्रेसकै सन्दर्भमा ‘धुलो, तुवाँलो लागेको छ, पुछ्ने मात्रै काम भयो भने कांग्रेस कांग्रेस जस्तो देखिन्छ’ भन्दै टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण