‘चिठ्ठी’को कमेडी र सस्पेन्स ट्रेलर सार्वजनिक
सारांश
- फिल्म 'चिठ्ठी' को ट्रेलर सार्वजनिक गरिएको छ, जसमा कमेडी, हरर र सस्पेन्सको मिश्रण रहेको छ।
- माधव राज खरेलको निर्देशन रहेको फिल्म आगामी भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।
- फिल्ममा खड्ग बहादुर पुन 'खबपु', संजीत भण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘चिठ्ठी’को ट्रेलर सार्वजनिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको सार्वजनिक ट्रेलर कमेडी, हरर र सस्पेन्स मिश्रण छ । ट्रेलरमा फिल्मका कलाकार खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुसाल लगायत देखिएका छन् ।
आउँदो भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म माधव राज खरेलले निर्देशन गरेका हुन् । लेखन समेत उनकै रहेको फिल्ममा कुबेर डिष्ट्रिब्युसनले बितरण गर्दैछ ।
फिल्ममा खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समीर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारको अभिनय छ ।
फिल्मले चिठ्ठीको कथालाई मार्मिक रूपमा उठाएको निर्देशक खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण